१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपसभामुखकाे गुनासाे: माननीयज्युहरु संसद बैठकमै घुर्दै निदाउनुहुन्छ

उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छिन्।

आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘संसद्मा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु। यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु। यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ।’

उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको सुनाइन्। उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन्। 

‘जाग जाग नेपाली भन्न मन लाग्यो मलाई। सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस्। उठेर हेर्नुस् त कति सुन्दर छ। यी अनुहारहरू फेरि एक छिनमा हामी देख्न पाउँदैनौँ। यी आवाजहरु एकछिनमामा हामी सुन्न पाउँदैनौँ। कति बेला हिँड्दा हिँड्दा यी आवाजहरु बन्द हुन्छन् थाहा हुँदैन। हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ।’ उनले भनिन्।

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन्।

प्रकाशित: १६ असार २०८१ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App