२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले बनायो संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक

भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी गरेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार एसईबीईएक्स २ नाम दिइएको उक्त विस्फोटकलाई भारतीय नौसेनाले प्रमाणीकरण गरेको छ।

भारतको नागपुरको सोलार इन्डस्ट्रिजको सब्सडियरी कम्पनी इकोनोमिक एक्सप्लोसिभ लिमिटेडले बनाएको हो। जसको प्रयोग बम वा कुनै वारहेडमा प्रयोग गर्न सकिन्छ।

कम्पनीले उक्त विस्फोटलाई संसारकै सबैभन्दा ठोस विस्फोटक र शक्तिशाली रहेको दावी गरेको छ।

एसईबीईएक्स २ नामक उक्त विस्फोटकले गर्मी उत्पन्न गराउनुका साथै लामो समयसम्म विस्फोट गराइरहने दावी गरिएको छ। जसले गर्दा बङ्कर, सुरुङ्ग वा बख्तरबन्द क्षेत्रलाई नष्ट गर्न सजिलो हुने अनुमान गरिएको छ।

प्रकाशित: १८ असार २०८१ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App