१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः रञ्जिता श्रेष्ठ

फाइल।

नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छिन्।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे जिकिर गरेकी हुन्। दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नुपर्नेमा उनले जाेड दिइन्।

देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने उनकाे भनाइ थियाे। उनले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन्। नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेको उनले सुनाइन्।

‘देशमा तमाम राजनीतिक दलहरुले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन्। यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ।’ उनले भनिन्।

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्‍याइरहेको जिकिर गरिन्। 

प्रकाशित: १६ असार २०८१ १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App