१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक:देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले  नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भुमिका निर्वाह गरेको उल्लेख गरे।

सभापति देउवाले नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा रहेको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति गहिरो प्रतिवद्धताका साथ नेकपा (एकीकृत समाजवादी)ले कार्य गरिरहेको उल्लेख गरे।

नेपाली कांग्रेसका सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताए  ।  
 

प्रकाशित: १६ असार २०८१ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App