२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाकाे मृत्यु

फाइल तस्बिर

काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो।

दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: १२ भाद्र २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App