१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

रुकुम (पूर्व) मा गाडी दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी प्रमुख डिएसपिसहित ६ प्रहरी घाइते भएका थिए।

घाइते मध्ये प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढा र लक्ष्मण पुन मगर गम्भीर रहेको प्रहरीले बताएको छ। सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगंगा गाउँपालिकाको ११ नम्बर वडा तल्लो सेरामा दुर्घटनामा परेको हो।

गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको छ। गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।

गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी नेपालगन्ज  लगिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार हेलिकप्टरले पहिलो लटमा गम्भीर ३ जना घाइतेलाई लगेको छ भने अर्को लटमा अन्य ३ जनालाई लैजानेछ। प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले उद्धारको काम भैइ रहेको बताए।

प्रकाशित: २८ श्रावण २०७९ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App