१९ असार २०८१ बुधबार
image/svg+xml

सांसद अब्दुल खानको गाडी कृष्णभिरमा दुर्घटना, घाइते खानलाई काठमाडौं ल्याइयो

सोमबार बिहान काठमाडौँबाट चितवन क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए।

दार्चुलामा नौगाड गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ।नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो।

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला सहित ५ जना छन्।

सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा चारको मृत्यु

आइतबार विहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपीसहित पाँच घाइते

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए।

थुनुवा बोकेको गाडी दुर्घटना

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी शुक्रबार बिहान दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्