२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

थुनुवा बोकेको गाडी दुर्घटना

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी शुक्रबार बिहान दुर्घटना भएको छ। उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार एक थुनुवा, प्रहरी नायब निरीक्षक जयबहादुर रानासहित घाइत पाँचै जनाको रोल्पा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।  

लु १ झ ५७० नम्बरको जीप शुक्रबार बिहान रोल्पा नगरपालिका १ मा दुर्घटना भएको हो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुबेदीका अनुसार गाडी चिप्लीएर दुर्घटना भएको थियो। ‘थुनुवा लिएर हिँडेको गाडी बिहानै दुर्घटना भएको हो। एक थुनुवासहित ५ जना घाइते हुनुहुन्छ। सबैको रोल्पा अस्पतालमा उपचार भइरहेको छ।’

प्रकाशित: ७ जेष्ठ २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App