७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्गमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

सिद्धिचरण लोकमार्गमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

कटारी बजारबाट घुर्मीतर्फ हिडेको बा ४ ख ५६७१ नं. को टिपर लोकमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरी भन्ज्याङमा बिहान १० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र सोही ठाँउका ४० वर्षीय मिर्चिङ कान्छा मगरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिमेन्ट बोकेको टिपरले विपरीत दिसाबाट आउँदै गरेको अर्को सवारी साधनलाई साइड दिने क्रममा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा परी अर्का यात्रु कटारी ८ कै ४० वर्षीय चन्द्रबहादुर मगर गम्भीर घाइते भएका छन्।

घाइते मगरको कटारी अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको। नाम ठेगाना नखुलेका टिपर चालक घटनालगत्तै फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन्। 

प्रकाशित: ३१ श्रावण २०७९ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App