२० आश्विन २०८१ आइतबार
image/svg+xml

कालिन्चोक दुर्घटना: ३२ जना नै भक्तपुर आदर्शका

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडे नजिक भएको दुर्घटनाका अधिकांश भक्तपुरका रहेका छन्। अधिकांश उनीहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टप आसपास अस्थायी डेरा गरी बसेकाहरु रहेका छन्।

सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।

कालिन्चोक दुर्घटना: दुई जना आदर्श आजादका विद्यार्थी

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडेनजिक भएको दुर्घटनामा भक्तपुरको एउटा स्कुलका दुई जना विद्यार्थी परेका छन्। भक्तपुरको आदर्श आजाद माविका दुई जना आफ्ना विद्यार्थी परेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए।

'चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्'

बसका चालक अलि माथिबाटै स्टेरिङ (ब्रेक) सारो भयो भन्दै थिए। तलतिर अघि बढिरहँदा बसबाट गन्ध आउन थालेको थियो। ब्रेक गन्हाए जस्तो छ त भने ड्राइभरलाई सोध्यौँ। चालकले बल लगाएर स्टेरिङ चलाइरहेका थिए। घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्,

मृत्यु हुनेको संख्या १४ पुग्यो, घुम्तीमा होस नपुर्‍याउँदा दुर्घटना(अपडेट)

मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्। मृतकको पहिचान खुल्न सकेको छैन। मृतकका आफन्त सम्पर्कमा आउन थालेका छन्।

सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोकको ६ मोडमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटनामा दुई गम्भिर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कचनापुर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन्।

बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो।

सेना चढेको बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।

घ्याम्पेडाँडामा बस दुर्घटना, २२ विद्यार्थी घाइते

भक्तपुरको घ्याम्पेडाँडामा शुक्रबार भएको कलेज बस दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौस्थित मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजका लागि आएको बस सडकमा पल्टिदा विद्यार्थी घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटना कम गर्न चौपायामा ट्याग लगाउँदै

भदौ १८ गते वीरेन्द्रनगरको एरिचोकमा मोटरसाइकल चौपायासँग ठक्कर खाँदा पञ्चपुरी नगरपालिका–६ बावियाचौरका चुडामणि कँडेल गम्भीर घाइते भए।

लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क, तीन वर्षमा एक हजार ४५३ घटना

जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ।

एउटै जिल्लामा एघार महिनामा २० हत्या

जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन्। हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तरक्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्