२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा, बाबु-छोराको मृत्यु

बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ट्याङ्करमुनी परी बाबु र छोराको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका अन्दाजी ६ वर्षका छोरा निशानकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनी पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृत सुनारी मगर घाइते भइ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालले बताएका हुन्।

प्रकाशित: १५ भाद्र २०७९ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App