१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आचारसंहिता लागू भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपीसहित उजुरी परेको छ। श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ।

निर्वाचनको काममा संलग्न व्यक्तिको २० लाखसम्म दुर्घटना बीमा

जसअनुसार निर्वाचनको काममा संलग्न आयुक्त, आयोगको सचिवालय, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, मतदाता शिक्षा स्वयंसेवक, अनुगमनकर्ता, अनुगमन टोलीका सदस्य, निजी सुरक्षा अधिकारी (पिएसओ), विशेषज्ञ सेवाका लागि नियुक्त विज्ञ, मतदान केन्द्र तथा मतगणनास्थलमा खटिने कर्मचारी, स्वयंसेवक लगायत निर्वाचनको काममा संलग्न व्यक्तिको दुर्घटना बीमा गरिने उल्लेख गरिएको छ।

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द

स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट औपचारिक रुपमा बन्द भएको छ।

त्रियुगा १३ को वडाध्यक्षमा कांग्रेस विजयी, मेयर उपमेरमा कांग्रेसै अघि

त्रियुगा नगरपालिका १३ को वडाध्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार बिहान घोषित नतिजा अनुसार कांग्रेसका नविनकुमार चौधरी ९ सय ६० मत प्राप्त विजयी भएका हुन्।

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।

नेपालगन्ज उपमहानगरपालिकामा कछुवा गतिमा मतगणना

नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

दाङमा झरीका कारण मतदान प्रभावित

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरी सहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत थपलियाले मतदान

उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट शुक्रबार विहानै पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए।

मतगणनास्थलमा तारजालीसहित सिसी क्यामेरा जडान

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसी क्यामेराबाट निगारानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ।

स्थानीय तह निर्वाचन: धनुषामा तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिंदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्