१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

यो प्रारम्भिक अनुमान मात्र रहेको उनको भनाइ छ। कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका गरी पाँच वटा स्थानीय तह रहेका छन्।

जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करिब ६३ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। मतदानको समयसीमा ५ बजे सकिए पनि मतदान गर्ने क्रम अझै जारी छ। लाइनमा बसिसकेकाहरुलाई मतदान गर्न दिने प्रावधान अनुसार मतदान गर्न दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ। ‘छिटपुट विवादबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ’, मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने। कास्कीमा कुल २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेका छन्।

त्यसमध्ये पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन्। त्यस्तै, माछापुच्छ्रे गाँउपालिकामा २० हजार ४ सय ६८, अन्नपूर्ण गाउँपालिका २० हजार ३ सय ६४, रुपा गाँउपालिकामा १४ हजार ६ सय ४४, मादी गाउँपालिकामा १८ हजार ७ सय ५९ मतदाता रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App