१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत थपलियाले मतदान

निर्वाचन आयोग मुख्य निर्वाचन अधिकृत दिनेश थपलियाले भक्तपुरबाट मतदान गरेका छन्। उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट शुक्रबार विहानै पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए।  

देशैभर जस्तै भक्तपुरमा पनि विहान सात बजेबाट नै मतदान सुरु भएको हो। मतदान गर्नका लागि विहानैदेखि मतदाता लाइनमा वसेको देखिएको छ।

भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् मतदान हुनेछ । यहाँं चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक।  

जिल्लामा भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन्।  

जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन्। यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु छन् । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरु छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App