coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

नेपालगन्ज उपमहानगरपालिकामा कछुवा गतिमा मतगणना

नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ। स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेसका प्रशान्त विष्टले फराकिलो मतान्तरलाई कायमै राखेका छन्।

उनी १ हजार ६ सय ५६ मतले अगाडी छन्। यस्तै राप्रपाका नन्दलाल वैश्यले ८ सय ५९ र नेकपा एमालेका पशुपतिदयाल मिश्र ६ सय ५१ मत ल्याएर तेस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेका विष्ट र दोस्रो स्थानमा रहेका वैश्यबीच ७ सय ९७ मतको अन्तर रहेको छ।

कांग्रेस र जसपाले खाता खोले

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को वडाअध्यक्षमा कांग्रेसका जब्बार अलि बेहना निर्वाचित भएका छन्। उनले २ सय ३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद हुसेन शेखले १ सय ९४ मत प्राप्त गरे।

यस्तै नेपालगन्ज २२ को वडाअध्यक्षमा अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षको उम्मेदवार भएका थिए। नेपाली कांग्रेसका विद्याराम वर्मालाई उनले पराजित गरेका हुन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका विद्याराम निर्वाचित भएका थिए। यसपटक पुनः टिकट पाएपछि चुनाव लडेका थिए। 

प्रकाशित: १ जेष्ठ २०७९ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App