१७ आश्विन २०७९ सोमबार
समाज

दाङमा झरीका कारण मतदान प्रभावित

दाङमा एक्कासी झरी पर्दा मतदान कार्य प्रभावित बनेको छ।

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरीसहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो। '१५ मिनटको हावाहुरी सहितको पानीले मतदानमा समस्या ल्याइदियो,' थापाले भने 'केही मतदान केन्द्र हरुमा मत पत्र र मत पेटिका जोगाउन दौडा दौड चल्यो।'

झण्डै १५ मिनट जतिको हावा हुरिसहितको पानीले मतदान कार्य रोकिएको र अहिले अवस्था सहज भैसकेकाले पुनः मतदान कार्य सुरु गर्न आफूले भनेको थापाले जानकारी दिए। यसैगरी झरिका कारण मतगनणाको कार्यलाइ समेत प्रभावित पार्ने देखिएको छ। मतगनणा गर्ने भनिएको स्थानमा पानी पसेको थापाले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७९ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App