१९ असार २०८१ बुधबार
image/svg+xml

एमालेले सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए।

एमाले ताप्लेजुङमा उम्मेदवार बन्न आकांक्षीको लर्को,भट्टराई सहित ५ जनाको दाबेदारी

पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्यद्धय पासाङ शेर्पा र टंक आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदीले दावेदारी प्रस्तुत गरेका हुन्।

एमालेले परमादेशी सरकार भनिरहँदा कानुनमन्त्री बन्दीको चित्त दुखेपछि...

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन क्रममा मन्त्री बन्दीले संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेरै संवैधानिक इजलासले फैसला गरेको भन्दै उक्त फैसलाको आलोचना र फैसलाबाट बनेको सरकारलाई परमादेशी भनिएकोमा उनले आपत्ति जनाए।

एमाले बाजुरामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास,संघमा मिल्ने संकेत,प्रदेशमा सकस

शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास थालेकोले जिल्ला कमिटीको बैठक दोस्रो दिन फेरि सुरु भएको छ। एकैदिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका थिए।

एमाले बाजुराले आज उम्मेदवार छान्दै, सर्वसम्मतको सम्भावना न्यून

मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्।

मोरङका ६ वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस

आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको हो।

नेकपा एमालेबाट रौतहटका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

क्षेत्रीय समितिहरुबाट निर्णय भइ आएको र जिल्ला कार्य समितिले पनि रौतहटका सबै संसदीय निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको नामको टुंगो लगाई सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरले जानकारी दिएका छन्।

गोरखा २ मा एमालेबाट मिलन चक्रे पनि सिफारिस

दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेतले बताए। ‘हामीले उहाँहरुको नाम जिल्ला कमिटिमा पठाउने हो’ उनले भने।

सिन्धुपाल्चोक एमालेले छान्यो उम्मेदवार,पार्टीभित्रै ‘हेबीवेट’ प्रतिस्पर्धा

पार्टीका तल्ला समितिले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला पार्टीलाई पठाएको एमालेले जनाएको छ।

पाँच दलीय गठबन्धनले देशलाई कङ्गाल बनाई सके: एमाले अध्यक्ष ओली

‘मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनेछ। लोकतन्त्रलाई बलियो बनाउनुका साथै भौगोलिक अखण्डताले हार्ने छैन’, अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउँछ।’

एमाले समुन्द्र हो, सबै मिसिन आउँछन्: ओली

शुक्रबार विराटनगरमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रदेश स्तरीय पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा सबै जनता एकीकृत हुने दाबी गरेका हुन्।

बैतडीबाट एमालेका दामोदर भण्डारीको एकल उम्मेदवार सिफारिस

बिहीबार साँझ बसेको जिल्ला कमिटीको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एक जनाको नाम मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का भएको हो।

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

'अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेका छन्'

गिरीले स्वतन्त्रताको लागि निरन्तर लडेको बताए। उनले आफ्नो स्वतन्त्रता सरकार, पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताए। प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताए।

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्