२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा एमालेबाट रौतहटका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

नेकपा एमालेले रौतहटका चार ओटै संसदीय निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। 

क्षेत्रीय समितिहरुबाट निर्णय भइ आएको र जिल्ला कार्य समितिले पनि रौतहटका सबै संसदीय निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको नामको टुंगो लगाई सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरले जानकारी दिएका छन्।

नेकपा एमालेले रौतहट क्षेत्र नम्बर १ मा अजयकुमार गुप्ता, क्षेत्र नम्बर २ मा किरणकुमार साह र क्षेत्र नम्बर ३ मा प्रभु साहको एकल नाम सिफारिस गरेको हो। रौतहट क्षेत्र नम्बर ४ का लागि भने ३ जनाको नाम सिफारिस गरेको हो। प्रत्यक्षततर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा उद्धव रेग्मी, अखिलेश्वर चौधरी र वैद्यनाथ सहनीको नाम सिफारिस भएको हो।

प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको नाम सिफारिश भए पनि प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारको नाम भने अझै चयन हुन सकेको छैन। नेकपा एमाले रौतहटको सोमबार बस्ने बैठकले सबै किसिमका समानुपातिक उम्मेदवारको नाम सिफारिश हुने जिल्ला अध्यक्ष त्रिभुवन साह अमरे जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७९ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App