२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोरङका ६ वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस

नेकपा एमाले क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै क्षेत्रबाट प्रत्यक्षतर्फका उमेदवार सिफारिस गरेको छ। मोरङको तीन वटा क्षेत्रमा एकल उमेदवार सिफारिस भएको छ।  

मोरङको क्षेत्रनम्बर २,३ र ४ बाट एकजनाको मात्रै नाम सिफारिस गरिएको छ। मोरङको क्षेत्रनम्बर ६ बाट दुई , क्षेत्रनम्बर १ बाट ५ र क्षेत्र नम्बर ५ बाट ३ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ। मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ५ जनाको नाम सिफारिस भएको छ। आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे,  सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको हो।  

मोरङ क्षेत्र नम्बर २ मा एमालेले प्रतिनिधिसभा सदस्यमा  प्रत्यक्ष तर्फ ऋषिकेश पोखरेलको एकल नाम सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका जिल्ला अध्यक्षसमेत रहेका पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै पोखरेल संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए। २०७४ को निर्वाचनमा भने पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालसँग पराजित भएका थिए।

मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका नेता भानुभक्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित संसद हुन्। उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए। मोरङ क्षेत्रनम्बर ४ मा एमालेबाट केन्द्रिय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ। उनी नेकपा एमाले मोरङका पूर्व अध्यक्ष हुन्। यस्तै नेकपा एमालेले मोरङको क्षेत्रनम्बर ५ बाट योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ।  

मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी र एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको नाम सिफारिस भएको छ। नेता पण्डित २०७४ को निर्वाचनमा मोरङ क्षेत्रनम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पूर्व मन्त्री पनि हुन्।

प्रकाशित: १९ भाद्र २०७९ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App