१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकामा रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ थापाले स्वागत गरेकी थिइन्।  

पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सदस्य रतन थापा, पूर्व सांसद हिमाञ्चलराज भट्टराई, पूर्व सांसद कैंया चौधरी, राजेन्द्र देवकोटा, विष्णु सापकोटा लगायत छन।  

थापा नेकपा एमाले कैलालीका निवर्तमान अध्यक्ष हुन। उनलाई पार्टीले असार १४ गते कारवाही गरेको थियो। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिन्थे।  

त्यस्तै पूर्वसांसद भट्टराई कैलाली क्षेत्र नं. १ बाट २०५१ सालको मध्यावर्ती निर्वाचनमा विजयी भएका थिए। उनी लामो समय नेकपा एमालेको राजनीतिमा सकृय थिए। उनी पछिल्लो समय पार्टीमा भूमिका विहीन बनाएको प्रति असन्तुष्ट थिए।  

राप्रपाको राजनीतिमा सकृय पूर्वसांसद चौधरी थारु समुदायमा प्रभाव राख्ने व्यक्ति हुन। उनी पञ्चायती व्यवस्थादेखी नै राजनीतिमा सकृय थिए। उनी २०५१ सालमा राष्ट्रिय सभाको सांसद रहेका थिए।  

यसैगरी नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य राजाराम चौधरी, नेकपा माओवादी केन्द्रका नेता तथा घोडाघोडी अस्पतालका सञ्चालक विष्णु सापकोटा, राजनीति संवाद समितिका केन्द्रिय सदस्य तथा मसुरीयाका उद्योगी राजेन्द्र देवकोटा र बर्दियाका डा. प्रदिप ढकाल समेत पार्टी प्रवेश गरेको केन्द्रिय सदस्य लालविर चौधरीले जानकारी दिए।  

नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार स्थानीय तहमा जित हात पारेको छ। उसले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App