राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट तीन वटै सदस्य कांग्रेस-एमाले गठबन्धनबाट निर्वाचित भएका छन्।
महिलातर्फ एमालेकि रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे 'जंगली' र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन्। अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभारका साथ विजयी भए भने अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए।
प्रकाशित: ११ माघ २०८२ १७:३७ आइतबार





