आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन्। रौतहट क्षेत्र नं ३ का उमेदवारसमेत रहेका उनले रौतहटको मौलापुर नगरपालिका-३ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन्।
निर्वाचनलाई एउटा उत्सवको रूपमा लिएर मतदान गर्न आम मतदातालाई अध्यक्ष साहले आग्रह गरे।
यसैबिच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक रूपमा निर्वाचन भइरहेको जानकारी दिएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:०१ बिहीबार





