प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायनप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका केही जिल्लामा आंशिक रूपमा मतदान रोकिएको भए पनि समस्या समाधान गरी मतदान अघि बढाउने प्रयास भइरहेको बताए।
उनका अनुसार हालको अवस्थामा देशभरका मतदान केन्द्रमा मतदान पूर्ण रूपमा अवरुद्ध भएको अवस्था छैन।
प्रवक्ता भट्टराईले देशभर समग्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको पनि जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:५५ बिहीबार





