काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना नवजात शिशुलाई लिएरै मतदान गर्न पुगेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी उनले क्षेत्र नं. १ को काठमाडौं वडा नम्बर १० मा पर्ने मतदान केन्द्रमा मतदान गरेकी हुन् । उनले दश दिनअघिमात्र शिशुलाई जन्म दिएकी थिइन्।
रञ्जुसँगै काठमाडौं १ मा नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र,नेकपा (एमाले)का मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारीसहित उम्मेदवार छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:५२ बिहीबार





