कास्कीमा दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भइरहेको मतदानमा साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेकोमा हालसम्म १ लाख ५१ ह्जार १ सय ४४ मत खसिसकेको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए। उनका अनुसार हालसम्म ७१ हजार १ सय २७ जना महिला, ७२ हजार १६ जना पुरुष र अन्य १ जनाले मतदान गरिसकेका छन्।
कास्कीमा ६० प्रतिशतको सेरोफेरोमा मत खस्ने अनुमान गरिएको बेलवासेले बताए। अपराह्न ५ बजेसम्ममा मतदान स्थल प्रवेश गरेकाहरुलाई मतदान गर्न समय दिइने उनले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:५५ बिहीबार





