२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

अनुमतिबिना सञ्चालन गरिएका १३३ सवारीसाधन नियन्त्रणमा

निर्वाचनको समयमा अनुमतिबिना सञ्चालन गरिएका १३३ सवारीसाधन कपिलवस्तुमा नियन्त्रणमा लिएको छ। 

सवारी पास नलिइ सञ्चालन गरिएका १३३ सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। बिहीबार बिहान ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइले १३३ सवारी साधन नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। 

उनका अनुसार १२६ मोटरसाइकल, चारवटा इरिक्सा र तीनवटा चारपांग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सवारी साधन सञ्चालनमा रोक लगाएको छ। 

मतदान सकिएपछि मात्रै नियन्त्रणमा लिएका सवारीसाधन छाडिने प्रहरी उपरीक्षक सिंहले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App