लमजुङको बेसीशहर–३ स्थित लमजुङ मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाको गाउँशहर निवासी ८२ वर्षीय पूर्णनारायण श्रेष्ठ छन्।
बिहीबार बिहान मतदानस्थलमा पुगेलगत्तै श्रेष्ठ एक्कासि ढलेर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८२ १८:०९ बिहीबार





