चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आज शुक्रबार (आज) बिहान १:३० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ। सर्वदलीय बैठकले १:३० बजेबाट मतगणना गर्ने सहमति गरेको हो।
चितवन-३ मा मुख्य प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ र नेकपा एमालेका शंकरराज थपलिया रहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा (मगर) लगायत चुनावी मैदानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ००:२२ शुक्रबार





