२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

डडेल्धुरामा चुनावी सरगर्मी: बिहान ८ बजेपछि गणना सुरु गर्ने तयारी

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु हुने भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सुरु गर्नुअघि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ। बैठक सकिएलगत्तै मतगणनाको प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका नैन सिंह महर, नेकपा एमालेका चक्रप्रसाद स्नेही, राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत, नेपाली कम्युनिस्ट पार्टीका मानसिंह माललगायत चुनावी मैदानमा छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App