चितवन क्षेत्र नम्बर-१ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
बिहीबार मतदान सम्पन्न भएलगत्तै बसेको सर्वदलीय बैठकले शुक्रबार बिहानबाट गणना थाल्ने निर्णय गरेको हो। बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा कुल ९६ हजार १ सय ५४ मत खसेको छ।
यसपटकको चुनावी प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरि ढकाल, नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी र नेकपा एमालेबाट दावा लामा मुख्य प्रतिस्पर्धामा छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट डा. कृष्णराज पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बलराम खनाल लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका हरि ढकाल विजयी भएका थिए।
प्रकाशित: २२ फाल्गुन २०८२ ००:१९ शुक्रबार





