काठमाडौं क्षेत्र नम्बर ९ को मत गणना साढे १२ बजेदेखि सुरु हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सबै मतदानस्थलबाट मतपेटिका सङ्कलनको काम सकिएर सर्वदलीय बैठक बस्ने तयारी भइरहेको काठमाडौं ९ की निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् । उनका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना थाल्ने तयारी गरिएको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ ००:०८ शुक्रबार





