कास्कीमा एक मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ। कास्की कारागार मतदान केन्द्रमा निर्वाचन सुरु भएको २ घण्टा नबित्दै शतप्रतिशत मत खसेको हो।
कास्की कारागारमा ४० मतदाता रहेका थिए। जसमा कैदीबन्दी ३५ पुरुष र २ महिला गरेर कुल ३७ जना र ३ कर्मचारी मतदाता रहेका थिए। जहाँ शतप्रतिशत मत खसेको कास्की कारागार मतदान केन्द्रका मतदान अधिकृत गोविन्द श्रेष्ठले जानकारी दिए। एक जना मतदाताको नाम समावेश भए पनि पहिल्यै छुटिसकेकाले उनी मतदान गर्न आएनन्।
मतदाता नामावलीमा नाम समावेश भएका कारागारमा रहेका कैदीबन्दीलाई मतदानको व्यवस्था गर्न कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो। उनीहरूले समानुपातिकमा मात्रै मतदान गर्न पाउँछन्।
कास्की कारागामा हाल ६ सय ९७ जना कैदीबन्दी छन्। तर अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश नभएकाले मतदान गरेनन्। कैदीबन्दीले निर्वाचन आयोगबाट प्रमाणित भई मतदाता नामावलीमा समावेश भएकाले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:५९ बिहीबार




