२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ललितपुर–१ मा साढे ११ बजेदेखि मतगणना

ललितपुर क्षेत्र नम्बर-१ मा बिहीबार राति साढे ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका सङ्कलन कार्य पूरा भएसँगै सर्वदलीय बैठकको तयारी थालेको हो।

भौगोलिक रूपमा विकट मानिने दक्षिणी भेगका ठूलादुर्लुङ, आस्राङ र गिम्दीलगायतका स्थानबाट मतपेटिकाहरू गोदावारी नगरपालिकास्थित मतगणना स्थलमा आइपुगेका छन्।

सबै केन्द्रका मतपेटिका जम्मा भएपछि अहिले दलका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बैठक सकिएलगत्तै राति साढे ११ बजेबाट गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

ललितपुर–१ मा नेपाली कांग्रेसबाट उदय शमशेर जबरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सुनिल महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धरत्न महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सजिना कार्की चुनावी मैदानमा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ २२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App