२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीमा २० प्रतिशत मत खस्यो

मनाङमा १७ र मुस्ताङमा ३० प्रतिशत मत खस्यो

गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको निर्वाचन आयोगले बताएको छ। बिहान ११ बजेसम्मको तथ्यांक अनुसार करिब २० प्रतिशत मत खसेको छ।  

प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको जानकारी दिए। ‘चारघण्टाको अवधिमा २० प्रतिशत मत खसेको छ। अबको दुईघण्टा यो आकार अझै बढ्ने अनुमान छ,’ उनले भने, ‘प्रदेशका कुनैपनि मतदानस्थलमा समस्या छैन। निर्वाध रुपमा मतदाताले मत दिइरहेका छन।’

हिमाली जिल्लामा मौसमी चूनौती हुने चिन्ता भएपनि त्यो समस्या पनि भएको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन। हिमाली जिल्ला मुस्ताङका निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले झन्डै ३० प्रतिशत मत खसेको जानकारी दिए। ‘जिल्लाका सबै मतदानस्थलमा निर्वाचन भईरहेको छ। मतदाताले मत खसालिरहेका छन। मौसम पनि निकै नै राम्रो छ,’ उनले भने।  

अर्काे हिमाली जिल्ला मनाङमा पनि केही कम मत खसेको छ। अहिलेसम्म १७ प्रतिशत मत मात्र खसेको निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए। मनाङको सबैभन्दा दूर्गम नार्पा भूमि गाउँपालिकामा भने सञ्चार सम्पर्क नभएको उनले बताए। ‘अरु सबैतिर मत खसेको छ। निर्वाध रुपमा निर्वाचन भएको छ। तर, नार्पाभूमिको जानकारी आएको छैन,’ उनले भने। यो पटक गण्डकीमा १८ लाख ७० हजार ६५ जना मतदाता छन।  

प्रकाशित: २१ फाल्गुन २०८२ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App