बस्ती स्थानान्तरणको माग राख्दै स्थानीयले चुनाव बहिष्कार गरेको दाङको एक मतदान केन्द्रमा जम्मा ९ मत खसेको छ। बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा नगन्य मात्रामा मतदान भएको हो।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभन्दा बाहिर बसोबास गर्ने ९ जना मतदाताले मात्र मतदान प्रक्रियामा सहभागिता जनाएका छन्।
निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने मतदाताले भने सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्।
लामो समयदेखि निकुञ्ज क्षेत्रबाट बस्ती अन्यत्र सार्नुपर्ने माग राख्दै आएका बबई–१ र ७ का मतदाताले आफ्ना मागको सुनुवाइ नभएको भन्दै मतदानमा भाग नलिने अडान लिएका हुन्।
सोही कारण उक्त केन्द्रमा दिनभरमा एकल अंकमा मात्र मत खसेको पाइएको छ।
यो पनि पढ्नुहोस्
‘भाँडाकुँडा दियौँ तर मत दिँदैनौँ’यो पनि पढ्नुहोस्
बस्ती नसारिएको भन्दै दुई मतदान केन्द्रमा शून्य मतप्रकाशित: २१ फाल्गुन २०८२ १४:४१ बिहीबार





