हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित कालसिम्ता आधारभूत विद्यालय कुम्लिगमा रहेको मतदान केन्द्रमा विवाद भएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका समर्थकहरूले अरूको तर्फबाट मतदान गर्न पाउनुपर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि दिउँसो १३:२८ बजे मतदान स्थगित गरिएको थियो।
मतदानस्थलमा भएको छलफल र सहमति पछि दिउँसो १४:३२ बजेबाट पुनः मतदान प्रक्रिया सुचारु गरिएको जनाइएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १६:०१ बिहीबार





