२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

टी–२० विश्वकप: इंग्ल्याण्ड ७ रनले स्तब्ध, भारत फाइनलमा

मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको उच्च स्कोरको रोमाञ्चक दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्याण्डलाई ७ रनले पराजित गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो।

पहिरो पन्छाएपछि जुम्लाका चार केन्द्रका मतपेटिका सदरमुकाम ल्याइँदै

घटनाबारे जानकारी पाएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले तत्काल डोजर परिचालन गरेको थियो।

२०४८ सालपछिकै सबैभन्दा कमजोर मतदान प्रतिशत

निर्वाचन आयोगले बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। यो भनेको २०४८ साल यता सबैभन्दा कमजोर मतदान प्रतिशत हो।

काठमाडौं- १ को मतगणना सुरु हुँदै

सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए।

सिरहामा ६५ प्रतिशत मतदान, पुरुषभन्दा महिला मतदाता धेरै

चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ९० हजार ४४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हेलिकाेप्टरमार्फत् मतपेटिका ढुवानी कार्य बिहीबार सकिएन, शुक्रबार दिउँसोसम्म लाग्ने

निर्वाचन तयारी अन्तर्गत दुर्गम तथा सडक पहुँच कम भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरेर मतपेटिका पुर्‍याउने कार्य गरिएको हो।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी

देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सफल निर्वाचनप्रति खुसी हुँदै बेइजिङले भन्यो: चीन सधैं नेपालको साथमा उभिएको छ

उनले निर्वाचन सफल पार्न नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको प्रयासको प्रशंसा समेत गरेका छन्। ‘यस निर्वाचनको लागि नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको महान् प्रयासलाई पूर्ण रूपमा ध्यान दिनुपर्छ,’ राजदूत माओले उल्लेख गरेका छन्।

काठमाडौं–१ को मतगणना राति १० बजेदेखि, भोलि बिहानसम्म नतिजा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेसँगै मतगणना प्रक्रिया अघि बढाउन लागिएको हो।

निर्वाचन सफल भएकोमा भारतको स्वागत, प्रधानमन्त्री कार्कीलाई बधाई

भारतले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ।

प्रधानमन्त्री कार्कीलाई भारतको बधाई, भन्योः नयाँ सरकारसँग काम गर्न तत्पर छौँ

उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनतालाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिए। गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा यी निर्वाचनहरू सम्पन्न हुनुलाई भारतले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्