२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं-४ को मतगणना अब केहीबेरमा

काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ ।

क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकल भएसँगै सर्वदलीय बैठक सकिएको छ ।

सर्वदलीय बैठकले साढे ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको काठमाडौं ४ निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन् । उनका अनुसार सर्वदलीय बैठकले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ जयभद्रकाली मावि मतदान केन्द्रबाट सुरु गर्ने तयारी भएको छ ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका सचिन तिमल्सिना र नेकपा एमालेका राजन भट्टराई रहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्रराज भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल पनि प्रतिस्पर्धामा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ २३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App