राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना विजयी भएका छन्। पाँच हजार ३३ मतभार ल्याएर उनी विजयी भएका हुन्।
तिमिल्सिनाका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९ सय ४१ मतभार ल्याएका छन् भने अर्का प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालको ७६ मतभार रहेको छ।
प्रकाशित: ११ माघ २०८२ १७:२५ आइतबार





