१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप : सेमिफाइनल प्रवेशका लागि भारत र वेस्ट इन्डिज भिड्दै

जारी टी–२० पुरुष विश्वकप अन्तर्गत सुपर 'एट' को खेलमा आज सेमिफाइनल प्रवेशका लागि आयोजक राष्ट्र भारत र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै छन्।

आइतबार भारतको कोलकतामा रहेको इडन गार्डन क्रिकेट स्टेडियमा बेलुका ७ः१५ बजेबाट खेल सुरु हुनेछ। यी दुई टोलीबिचको खेल निकै रोचक हुनेछ। अहिलेसम्म टी–२० विश्वकपमा कूल ३ टोलीले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन्। अब भारत र वेस्ट इन्डिज एक टोली सेमफिाइनलमा प्रवेश गर्ने छ।  

यस कारण आज यी दुवै टोलीलाई जित बाहेक अन्य विकल्प छैन। सुपर 'एट' अन्तर्गत दुवै टोलीले समान २-२ खेल खेलेका छन्, जसमा भारत र वेस्ट इन्डिज दुवैले एक खेलमा विजयी र अर्को खेलमा पराजय भोगेका छन्।  

अंक तालिकामा वेस्ट इन्डिज दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ। विजयी टोली सेमिफाइनलमा पुग्दा पराजय हुने टोलीको विश्वकपको यात्रामा पूर्णविराम लाग्ने छ।  

इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्यूजिल्यान्डले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App