२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन्। 

बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यही बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।  

उनले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ, तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षकहरु सहितको टोलीले बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो।

अनुगमनको क्रममा बाँके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित: १७ फाल्गुन २०८२ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App