इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको इजरायल र संयुक्त राज्य अमेरिकाको आक्रमणमा मृत्यु भएको छ। उनी ८६ वर्षका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उनको परिसरमा भएको संयुक्त अमेरिकी-इजरायली हवाई आक्रमणमा खामेनीको मृत्यु भएको बताएपछि आइतबार बिहानै इरानी सरकारी मिडियाले उनको मृत्युको पुष्टि गरेको हो।
‘इरानी जनतालाई यो घोषणा गरिन्छ कि इस्लामिक क्रान्तिका नेता महान् ग्रान्ड अयतोल्लाह इमाम सय्यद अली खामेनी, शनिबार, फेब्रुअरी २८ को बिहान अमेरिका र यहुदी शासनद्वारा गरिएको संयुक्त आक्रमणमा सहिद भएका छन्,’ इरानको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नाति पनि मारिएको बताएका छन्।
ट्रम्पले पहिले खामेनी र अन्य इरानी अधिकारीहरू ‘अमेरिकी गुप्तचर र उन्नत ट्र्याकिङ प्रणालीबाट बच्न सक्दैनन्’ भनेका थिए।
एक दशकअघि इस्लामिक क्रान्तिको नेतृत्व गरेका करिश्माई नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि सन् १९८९ मा खामेनीले इरानको नेतृत्व सम्हालेका थिए।
पहलवी राजतन्त्रको शासन समाप्त गर्ने क्रान्तिको पछाडि खामेनी वैचारिक शक्ति थिए। तर खामेनीले नै इरानका शत्रुहरू विरुद्धको रक्षा गर्ने र यसको सिमानाभन्दा बाहिर प्रभाव प्रदान गर्ने सैन्य र अर्धसैनिक उपकरणलाई आकार दिएका थिए।
सर्वोच्च नेता बन्नुअघि उनले सन् १९८० को दशकमा इराकसँगको रक्तपातपूर्ण युद्धमा इरानलाई राष्ट्रपतिको रूपमा नेतृत्व गरेका थिए। विश्लेषकका नजरमा पश्चिमी देशहरूले इराकी नेता सद्दाम हुसेनलाई समर्थन गर्दा धेरै इरानीहरूमाझ एक्लोपनको भावनासँगै भएको पीडादायी द्वन्द्वले खामेनीको पश्चिमा, सामान्यतया र विशेष गरी अमेरिकाप्रतिको अविश्वासलाई गहिरो बनायो।
त्यो भावनाले उनको दशकौँ लामो शासनलाई बलियो बनाउनुका साथै इरान बाह्य र आन्तरिक खतराहरू विरुद्ध निरन्तर रक्षाको अवस्थामा रहनुपर्छ भन्ने विचारलाई बलियो बनायो।
‘मानिसहरूले इरानलाई धर्मतन्त्रको रूपमा सोच्छन्, किनभने उनी (खामेनी) पगडी लगाउँछन् र राज्यको भाषा धर्मको भाषा हो, तर वास्तविकतामा, उनी युद्धकालका राष्ट्रपति थिए जसले इरान कमजोर छ र सुरक्षाको आवश्यकता छ भन्ने धारणाका साथ युद्धबाट बाहिर निस्केका थिए,’ इरानी मामिला विज्ञ र ‘इरानको ग्रान्ड स्ट्राटेजी: अ पोलिटिकल हिस्ट्री’ का लेखक भली नस्रले भने, ‘अमेरिका इरानप्रति शत्रुतापूर्ण छ; र क्रान्ति, इस्लामिक गणतन्त्र र राष्ट्रवाद अलग छैनन् र त्यसैले, तिनीहरूलाई सुरक्षित गर्न आवश्यक छ।’
यस दृष्टिकोण अन्तर्गत, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) एक अर्धसैनिक बलबाट एक शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्थामा विकसित भयो जुन यस क्षेत्रमा इरानको प्रभावलाई व्यापक बनाउन केन्द्रबिन्दु बन्यो। खामेनीले पश्चिमा प्रतिबन्धहरूको दण्डको सामना गर्दा आत्मनिर्भरतालाई बढावा दिन ‘प्रतिरोध अर्थतन्त्र’ लाई पनि प्रवर्द्धन गरे, पश्चिमाहरूसँगको संलग्नताको बलियो शंका कायम राखे, र रक्षामा आफ्नो ध्यान केन्द्रित गर्नुले धेरै आवश्यक सुधारहरूलाई रोकिरहेको तर्क गर्ने आलोचकहरूलाई कडा जवाफ दिए।
तर उनको शासनको वर्षौँदेखि गम्भीर परीक्षण भएको थियो, जसमा सन् २००९ मा धाँधलीपूर्ण राष्ट्रपति चुनाव भएको दाबी गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई क्रूर दमन गरिएको थियो। सन् २०२२ मा महिला अधिकारको विषयमा भएको प्रदर्शन पनि समावेश थियो।
सम्भवतः उनको शासनको सबैभन्दा ठूलो चुनौती यसै वर्ष जनवरीमा आयो, जब आर्थिक कठिनाइका कारण सुरु भएको विरोध प्रदर्शन राष्ट्रव्यापी उथलपुथलमा परिणत भयो। धेरै प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रलाई पतनको लागि अमेरिकालाई प्रत्यक्ष रूपमा अगाडि आह्वान गरेका थिए। अधिकारीहरूको प्रतिक्रियाले देशको सन् १९७९ को क्रान्ति पछिको सबैभन्दा हिंसात्मक टकराव निम्त्यायो।
आलोचकहरूले उनलाई अमेरिका र इजरायलसँग अलगाववाद रहेर सधैँभरि छायाँ युद्धहरू भन्दा सुधार र आर्थिक सुधार खोजिरहेका युवा जनसङ्ख्यासँग धेरै सम्पर्क बाहिरको रूपमा हेरेका थिए।
‘राष्ट्रिय स्वतन्त्रताको यो हदसम्मको जिद्दीको लागि इरानीहरूले धेरै उच्च मूल्य चुकाए- यस प्रक्रियामा उनले इरानी जनता गुमाए किनभने उनीहरू अब यो स्वतन्त्रताको सोचमा विश्वास गर्दैनथे,’ नस्रले भने।
सुरुवाती वर्षहरू
सन् १९३९ मा उत्तरपूर्वी इरानको पवित्र शिया सहर मशहदमा जन्मिएका खामेनी छिमेकी इराकका एक प्रसिद्ध मुस्लिम नेता र जातीय अजरबैजानीका छोरा थिए। परिवार पहिले उत्तरपश्चिमी इरानको तब्रिजमा बसोबास गर्थे, त्यसपछि मशहदमा सरेका थिए। मशहद धार्मिक तीर्थयात्रीहरूको लागि मनपर्ने ठाउँ हो, जहाँ खामेनीका बुबाले अजरबैजानी मस्जिदको नेतृत्व गर्थे।
खामेनीले आफ्नी आमा खादिजेह मिर्दमादीलाई कुरान र पुस्तक पढ्ने एक उत्साही व्यक्तिको रूपमा वर्णन गर्थे, जसले आफ्नो छोरामा साहित्य र कविताप्रति प्रेम जगाइन्। उनले आफ्नो छोरा पहलवी राजवंशको शासन विरुद्धको आन्दोलनमा सामेल हुँदा समर्थन समेत गरिन्।
खामेनीले चार वर्षको उमेरमा कुरान सिकेर आफ्नो अध्ययन सुरु गरेका थिए। उनले मशहदको पहिलो इस्लामिक स्कुलमा आफ्नो प्राथमिक शिक्षा पूरा गरे। खामेनीले उच्च माध्यमिक शिक्षा पूरा गरेनन्, उनी धर्मशास्त्र स्कुलमा गए। आफ्ना बुबा र शेख हाशेम गाजविनी जस्ता समयका प्रख्यात इस्लामिक विद्वानहरूबाट शिक्षा लिए। त्यसपछिका वर्षहरूमा उनले नजफ र कोममा उच्च शिक्षाको लागि थप प्रतिष्ठित शिया केन्द्रहरूमा आफ्नो अध्ययन जारी राखे।
कोममा उनले अयातोल्लाह खामेनीसहित धेरै अन्य प्रसिद्ध मुस्लिम विद्वानहरूबाट शिक्षा लिए र नजिक भए। उनी शाह विरोधी अभियानमा मदरसाका युवा विद्यार्थीबिच लोकप्रिय थिए।
खामेनीले न्यायशास्त्र पाठ्यक्रम र सार्वजनिक धर्मशास्त्र व्याख्या पढाउँथे, जसले गर्दा उनलाई बढ्दो श्रोता, विशेष गरी राजतन्त्रबाट मोहभंग हुन थालेका युवा विद्यार्थीहरूसम्म पहुँच प्राप्त गर्न अनुमति मिल्यो।
सन् १९५३ मा एमआईसिक्स र सीआईएद्वारा आयोजित कू पछि त्यसबेलाको राजतन्त्र पूर्ण सत्तामा पुनर्स्थापित भएको थियो। इरानी तेल उद्योगलाई राष्ट्रियकरण गर्ने प्रयास गरेपछि प्रजातान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाद्देगलाई अपदस्थ गरिएको थियो।
एक राजनीतिक कार्यकर्ताको रूपमा खामेनीलाई शाहको गोप्य प्रहरी (साभाक) द्वारा बारम्बार गिरफ्तार गरिएको थियो। उनलाई दक्षिणपूर्वी इरानको दुर्गम सहरमा निर्वासनको सजाय समेत सुनाइयो। तर पहलवी शासनको अन्त्य गर्ने सन् १९७८ को विरोध प्रदर्शनमा भाग लिन उनी फर्किए।
सर्वोच्च नेता
राजतन्त्र अपदस्थ भएपछि खामेनी नयाँ इरान स्थापना गर्ने एक प्रमुख व्यक्तित्व बने। उनले सन् १९८० मा रक्षामन्त्रीको रूपमा छोटो समयको लागि सेवा गरेका थिए। पछि इरान-इराक युद्ध सुरु भएपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को पर्यवेक्षकको रूपमा काम गरे। एक ज्वलन्त वक्ता समेत रहेका उनले तेहरानमा शुक्रबारको प्रार्थना नेताको प्रभावशाली पद पनि सुरक्षित गरे।
सन् १९८१ खामेनीको लागि एउटा महत्त्वपूर्ण वर्ष साबित भयो। मोहाहिदिन-ए खाल्क (एमईके) नामक विपक्षी समूहले खामेनीबाट अलग भएर नयाँ स्थापित इरानी धर्मतन्त्रविरुद्ध सशस्त्र विद्रोह सुरु गरेको थियो। उनलाई हत्या पनि गर्न खोजिएको थियो। तर हत्या प्रयासबाट उनी बच्न सफल भए। सोही वर्ष खामेनीले राष्ट्रपति पदमा जित निकालेर इरानको पहिलो धर्मगुरु राष्ट्रपति बन्न सफल भए।
सन् १९८९ मा खोमेनीको मृत्यु इस्लामिक गणतन्त्रको लागि एक महत्त्वपूर्ण मोड थियो। आफ्नो मृत्यु हुनुभन्दा अघि खोमेनीले लामो समयदेखि आफ्नो उत्तराधिकारी तोकिएका अयातोल्लाह हुसेन अली मोन्टाजेरीलाई सन् १९८८ मा कैदीहरूको सामूहिक मृत्युदण्डको आलोचनाका कारणले गर्दा किनारा लगाए।
अनि संविधान संशोधन गर्न गठित परिषद्ले खामेनीलाई नियुक्त गर्यो। त्यसो गर्न परिषद्ले देशको सर्वोच्च पद धारण गर्न आवश्यक योग्यताहरू खुकुलो पार्नुपर्यो। खामेनीसँग होजातोलेस्लामको उपाधि थिएन। उनलाई एक उच्च श्रेणीको शिया धर्मगुरुको उपाधि दिइयो।
‘मलाई लाग्छ म यो पदको योग्य छैन; सायद तपाईं र मलाई यो थाहा छ। यो प्रतीकात्मक नेतृत्व हुनेछ, वास्तविक नेतृत्व होइन,’ खामेनीले त्यस समयमा भनेका थिए।
तर उनको नेतृत्व प्रतीकात्मक भन्दा कम रह्यो।
अयातोल्लाहको रूपमा खामेनीको प्रारम्भिक कार्यकाल इराकसँगको आठ वर्षको युद्धले ध्वस्त पारेको देशको पुनर्निर्माणको प्रयासबाट परिभाषित गरिएको थियो। द्वन्द्वमा १० लाखभन्दा बढी मानिसहरू मारिए र अर्थतन्त्र ध्वस्त भयो। इराकले इरानी सेना र जनताविरुद्ध रासायनिक हतियारको प्रयोग गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय समुदायको निष्क्रियतालाई लिएर द्वन्द्वले आक्रोश थप बढाएको थियो। राष्ट्रपति हुँदा खामेनीले बारम्बार अग्रपंक्तिमा रहेर भ्रमण गर्थे। आईआरजीसीको वफादारी कमाउँदै उनले युद्धको वास्तविकताको प्रत्यक्ष बुझाइ प्राप्त गर्थे।
‘उनी त्यो नेता हुन् जसको गठन इराकसँगको युद्धमा भएको थियो। उनले घरेलु र विदेशी राजनीतिमा आफ्नो दृष्टिकोणलाई फ्रेम गरे। एक पटक सर्वोच्च नेता बनेपछि उनले घेराबन्दीको लागि निरन्तर प्रतिरोधको लागि सैन्य र अर्धसैनिक उपकरण निर्माणमा ध्यान केन्द्रित गरे,’ जोन हप्किन्स विश्वविद्यालयमा मानवशास्त्र र मध्य पूर्व अध्ययनका सह-प्राध्यापक नर्गेस बाजोघलीले भनिन्।
तर सन् १९९० को दशकमा स्थिति परिवर्तन हुन थाल्यो। देशलाई लगानीको अत्यन्त आवश्यकता थियो, जबकि क्रान्तिकारी जोश केही हदसम्म शीतल हुन थालेको थियो। युद्धबाट थकित केही मानिसहरू इरानलाई अन्तर्राष्ट्रिय स्तरमा फर्किएको हेर्न उत्सुक थिए।
त्यो भावनाले सन् १९९७ मा सुधारवादी मोहम्मद खतामीको लागि भारी चुनावी विजयमा रूपान्तरण गर्यो, जो पश्चिमसँगको सम्बन्धका पक्षधर र ‘सभ्यताहरू बीचको संवाद’ का प्रवर्द्धक थिए।
तैपनि, पश्चिमप्रति खामेनीको आफ्नै शंका र अविश्वास कायमै रह्यो। उनले सैन्य र अर्धसैनिक यन्त्र भित्रबाट समेत सुधारको लागि भएको मतदानलाई यथास्थितिको लागि खतराको रूपमा हेरे। बाजोगलीका अनुसार उनी सुधारवादीविरुद्ध वफादार समर्थकहरूको स्थिर मतदान समूह सिर्जना गर्न लागे।
‘खामेनीको तुलनामा खामेनीको आफ्नो लागि कहिल्यै प्राकृतिक आधार थिएन,’ ‘इरान फ्रेम्ड’ का लेखक बाजोग्लीले भने। ‘त्यसैले उनले (अर्धसैनिक प्रणाली भित्र) युवा पुस्ताहरूको लागि शिक्षा र तालिम पुन: निर्माण गर्न धेरै कोष लगाए जसले त्यसपछि आफ्नो बाटो पत्ता लगाउनेछ।’
यसको अर्थ आईआरजीसीलाई व्यवसायहरूको सञ्जाल निर्माण गर्न स्वतन्त्रता दिनु थियो, जसले उनीहरूलाई इरानको अर्थतन्त्रमा प्रभुत्व जमाउन अनुमति दिन्थ्यो। साथै, प्रशिक्षण कार्यक्रमहरूलाई तीव्र बनाउथ्यो। विशेष गरी यसको अर्धसैनिक स्वयंसेवक बल, बासिजका युवा सदस्यहरूका लागि प्रशिक्षण जरुरी थियो। यो सीमित वर्ग भए पनि पश्चिमविरुद्ध खामेनीको निरन्तर प्रतिरोधसँग मिल्दोजुल्दो थियो, जसलाई ठूलो स्रोतहरू दिइएको थियो। अझ महत्त्वपूर्ण कुरा बाजोघलीले भनेमा तिनीहरू लड्न र मर्न तयार थिए।
सन् २००९ मा पश्चिमा देशका कट्टर विरोधी महमुद अहमदिनेजादको विवादास्पद राष्ट्रपति चुनावमा विजयपछि उत्पन्न राष्ट्रव्यापी विरोध प्रदर्शनलाई दबाउन अर्धसैनिक बल भित्रका यी नयाँ पदहरूलाई आह्वान गरिएको थियो। त्यतिन्जेलसम्म सन् १९७९ पछि जन्मेका इरानीहरूको नयाँ पुस्ता आफ्ना आमाबाबुको क्रान्तिलाई प्रेरित गर्ने साम्राज्यवाद विरोधी, उपनिवेश विरोधी कथाप्रति कम अभ्यस्त भइसकेको थियो।
खामेनीको नेतृत्वलाई सबैभन्दा बलियो चुनौती मानिएको बेला लाखौँ प्रदर्शनकारीहरू हरित आन्दोलनको नामले चुनावी नतिजाको विरोध गर्न र पराजित सुधारवादी उम्मेदवार मीर हुसेन मौसावीलाई समर्थन व्यक्त गर्न सडकमा उत्रिए। प्रदर्शनकारीहरूले अहमदीनेजादलाई जिताउनका लागि चुनावमा धाँधली गरिएको बताए पनि खामेनीले नतिजालाई समर्थन गर्ने बताए। एम्नेस्टी इन्टरनेशनलका अनुसार हजारौँलाई पक्राउ गरिएको थियो भने दर्जनौँ मारिएका थिए।
इरानी नेतृत्वले पश्चिमी देशहरूले धार्मिक प्रतिष्ठानलाई ढाल्न अशान्ति फैलाएको आरोप लगायो। ‘तपाईं (पश्चिम) आफ्नो कार्यको लागि जवाफदेही हुनुपर्छ,’ अहमदिनेजादले भनेका थिए।
‘इरानी राष्ट्रले ... खराब नियत भएकाहरूलाई यति कडा थप्पड हान्नेछ कि तिनीहरू घर फर्कने बाटो बिराउनेछन्।’
'न शान्ति न युद्ध'
खामेनी एक व्यावहारिक व्यक्ति समेत थिए। उनी विश्वास गर्थे कि पश्चिम विरुद्धको लडाइँ फरक रणनीतिद्वारा लड्नुपर्छ, जसमा प्रतिरोध गर्ने र आवश्यक परेमा वार्ता गर्ने नीति रहेको थियो।
सन् २०१५ मा इरान आफ्नो आणविक कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत संघर्ष गरिरहेको थियो। खामेनीले घरेलु स्थिरता कायम राख्न र वैधता बढाउन आर्थिक दबाब कम गर्ने आवश्यकतालाई स्वीकार गरे।
त्यसैले उनले तत्कालीन राष्ट्रपति हसन रुहानीले पश्चिमाहरूसँग गरेको वार्तालाई हरियो झण्डा देखाए। अनि सन् २०१५ को संयुक्त व्यापक कार्य योजना (जेसीपीओए) मा पुर्यायो। इरान र विश्व शक्तिहरूले हस्ताक्षर गरेको यो ऐतिहासिक सम्झौता प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक कार्यक्रमलाई रोक्न डिजाइन गरिएको थियो।
‘यो व्यावहारिकताको क्षण थियो- कहिलेकाहीँ राज्यको रक्षा गर्न सम्झौता चाहिन्छ,’ नस्रले भने, ‘खामेनी अमेरिकासँग न त शान्तिको नीतिको पक्षमा थिए न त युद्धको। उनको विश्वास थियो कि इरानले अमेरिकाको विरुद्धमा आफ्नो स्वतन्त्रतालाई पछ्याउन आवश्यक छ, जुन उनको विश्वास थियो कि स्वाभाविक रूपमा इरानको विरुद्धमा छ।’ यस परिप्रेक्ष्यमा, ‘आणविक सम्झौता (अमेरिकासँग) सामान्यीकरण थिएन तर अमेरिकाले सोभियत संघसँग गरेको जस्तै संकीर्ण हतियार नियन्त्रण सम्झौता चाहेको थियो,’ नस्रले थप भने।
तर त्यो सम्झौतामा हस्ताक्षर भएको तीन वर्षपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा अमेरिकालाई सम्झौताबाट बाहिर निकाले, जसले गर्दा सम्बन्ध सुधारको अन्त्य भयो। वासिङ्टनले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएपछि खामेनी थप आक्रामक भए। उनले अमेरिकासँगको वार्तालाई अस्वीकार गर्दै र सम्झौताको क्रमिक उल्लंघनलाई समर्थन गरे। त्यसपछिका वर्षहरूमा इरानले युरेनियमको संवर्धन ६० प्रतिशतमा पुनः सुरु गर्यो, जुन स्तरमा यसलाई ९० प्रतिशत हतियार-ग्रेड युरेनियममा रूपान्तरण गर्न छिटो र सजिलो हुन्छ। इरानले अझै पनि जोड दिइरहेको छ कि यसको आणविक कार्यक्रम विशुद्ध रूपमा नागरिक प्रकृतिको हो। सन् २००३ मा खामेनीले आणविक हतियारको निर्माण, प्रयोग र भण्डारणलाई निषेध गर्ने फतवा जारी गरेका थिए।
पश्चिमा प्रतिबन्धहरू कडा हुँदै जाँदा र मुद्रास्फीति बढदै जाँदा सन् २०१९ मा पेट्रोलको मूल्य बढाउने सरकारको निर्णयपछि इरानभरि विरोध प्रदर्शनहरू सुरु भए। सुरक्षा बलहरूलाई प्रदर्शनहरूमा हिंसात्मक दमन गरेको आरोप लगाइएको थियो जहाँ एम्नेस्टी इन्टरनेशनलका अनुसार सयभन्दा बढी मानिसहरू मारिएका थिए। खामेनीले प्रदर्शनकारीहरूलाई ‘गुण्डा’ भनेर खारेज गर्दै प्रतिक्रान्तिकारी र विदेशी शत्रुले देशमा अशान्ति फैलाएको आरोप लगाए।
आन्तरिक अशान्ति र बढ्दो एक्लोपनको बीचमा राष्ट्रपति चुनावमा इब्राहिम रईसी विजय भए। उनी एक वरिष्ठ अभियोजकमध्य एक थिए जसले ८० को दशकको अन्त्यतिर सामूहिक मृत्युदण्डसँग आफ्नो सम्बन्धको लागि आलोचना खेपेका थिए। यसरी इस्लामिक गणतन्त्रको इतिहासमा सबैभन्दा कम मतदान भयो।
राष्ट्रपति पदमा रईसी जस्ता घनिष्ठ सहयोगीको साथ, खामेनीले इरानको आन्तरिक क्षमताहरूमा भर पर्दै तथाकथित ‘प्रतिरोध अर्थतन्त्र’ लाई प्रवर्द्धन गरेर व्यापारलाई पूर्वतिर केन्द्रित गरे। तर तयसले ठोस परिणाम दिन असफल भयो।
अनिवार्य हिजाब कानुन उल्लंघन गरेको आरोपमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्युको विरुद्धमा सन् २०२२ मा भएको राष्ट्रव्यापी विरोध प्रदर्शन खामेनीको लागि अर्को ठूलो चुनौतीको रूपमा देखा परेको थियो। प्रतिबन्ध र त्यसपछिका प्रदर्शनमा सुरक्षा बलको क्रूर कारबाहीको लागि जिम्मेवार व्यक्तिको रूपमा अयतोल्लाहको आलोचना भयो। एम्नेस्टी इन्टरनेशनलका अनुसार पाँच सयभन्दा बढी मानिसहरू मारिएका थिए।
फेरि पनि खामेनीले सम्पूर्ण मामिलालाई राष्ट्रिय सुरक्षाको मामिलाको रूपमा हेरे। उनले पश्चिमी र क्षेत्रीय विरोधीहरूलाई अशान्ति भड्काएको आरोप लगाए। उनी विरोध प्रदर्शन अमिनीको मृत्यु वा हिजाब लगाउने बारेमा होइन नभइ विदेशी हस्तक्षेपको परिणाम भएको तर्क गर्थे। ‘यो इस्लामिक इरानको स्वतन्त्रता, प्रतिरोध, शक्ति र शक्तिको बारेमा हो,’ उनले भनेका थिए, ‘यो त्यही हो।’
'प्रतिरोधको अक्ष'
खामेनीको विचारमा अमेरिका र इजरायल लगायतका विरोधीहरूद्वारा सम्भावित आक्रमण वा अतिक्रमणलाई रोक्न ‘अगाडिको रक्षा’ कायम राख्न देशको सिमानाभन्दा बाहिर पनि स्वतन्त्रता र शक्ति आवश्यक थियो।
यसले प्रोक्सी सम्बन्धको जालो बुन्न र इरान बाहिरका सहयोगीहरूको समूहमा हतियार ज्ञान र स्रोतहरू हस्तान्तरण गर्न पठाउन सुरु गर्यो। तथाकथित ‘प्रतिरोधको अक्ष’ खामेनीको सबैभन्दा प्रभावशाली रणनीतिक परियोजना थियो।
यस रणनीतिका मुख्य शिल्पकार कासिम सुलेमानी थिए, जो एक कट्टर खामेनी समर्थक थिए। साथै, इरानको कुड्स सेनाका कमाण्डर उनी मुख्यतया विदेशी कार्यहरूको लागि जिम्मेवार आईआरजीसीको विशिष्ट शाखा हो। सुलेमानीको सन् २०२० मा अमेरिकाले हत्या गरेको थियो।
गठबन्धनका मुकुट रत्नहरू लेबनानमा हिजबुल्लाह, सिरियामा पूर्व राष्ट्रपति बसर अल-असद, प्यालेस्टाइनमा हमास, यमनमा हुथी र इराकका सशस्त्र समूहहरू थिए।
तर अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि यो खुल्न थाल्यो। त्यसपछि इजरायलले गाजामा नरसंहार युद्ध सुरु गर्यो, जसले ७० हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको छ। अधिकांश संरचनालाई भग्नावशेषमा परिणत गरेको छ। युद्धमा धेरै वरिष्ठ हमास नेताहरू मारिएका छन्।
इजरायलले लेबनानमा रहेको हिजबुल्लाहमाथि पनि आक्रमण गर्यो, जसमा उसका नेता हसन नसरल्लाह लगायत वरिष्ठ नेतृत्वका धेरै व्यक्तित्वहरू मारिए। त्यसपछि डिसेम्बर २०२४ मा विद्रोही सेनाद्वारा सिरियाको बसर अल-असद शासनको पतन भयो। इरानले हिजबुल्लाहलाई पुनःभरण गर्न प्रयोग गरिरहेको करिडोर जुन सिरिया हुँदै गइरहेको थियो जुन व्यवहारिक हुन सकेन।
इरानका सहयोगीहरू कमजोर भएपछि दशकौँदेखि इरानको आणविक कार्यक्रम समाप्त गर्न जोड दिइरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले त्यो क्षणलाई सदुपयोग गरे।
गत जुन १३, २०२५ मा, इजरायली सेनाले अमेरिकासँग मिलेर इरानमाथि आक्रमण गर्यो। उक्त आक्रमणमा दर्जनौँ वरिष्ठ कमाण्डर र शीर्ष आणविक वैज्ञानिकहरूलाई मारिएका थिए। धेरै आणविक स्थल र नागरिक तथा सैन्य पूर्वाधारहरूमा आक्रमण भयो। अमेरिकी गुप्तचर र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले छुट्टाछुट्टै मूल्यांकन गरे पनि तेहरान त्यसो गर्ने प्रक्रियामा थिएन भन्ने बताएका थिए। तर इजरायलले आफ्नो आक्रमण इरानलाई आणविक हतियार उत्पादन गर्नबाट रोक्नको लागि भएको दाबी गर्यो। त्यो आक्रमण पनि तेहरान आफ्नो आणविक कार्यक्रमको बारेमा सम्झौतामा पुग्न वासिङ्टनसँग वार्तामा संलग्न भएको बेला भएको थियो।
इरानले तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो। लगभग दुई हप्तासम्म पूर्ण युद्ध चल्यो, अमेरिकाले इरानका तीन प्रमुख आणविक सुविधाहरूमा बंकर बस्टर खसालेको थियो।
नेतान्याहूले खामेनीलाई मार्ने धम्की दिएका थिए भने ट्रम्पले ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेका थिए। त्यसको खासै प्रभाव परेन।
‘इरान र यसको इतिहास जान्ने इच्छुक व्यक्तिहरूले यो राष्ट्रलाई कहिल्यै धम्कीपूर्ण भाषामा बोल्ने छैनन्। किनभने इरानी राष्ट्रले आत्मसमर्पण गर्नेछैन, र अमेरिकीहरूलाई थाहा हुनुपर्छ कि कुनै पनि अमेरिकी सैन्य हस्तक्षेपले निस्सन्देह अपूरणीय क्षति पुर्याउनेछ,’ खामेनीले जवाफमा भनेका थिए।
खामेनीको दृढता, जसले एक समय उनको घेराबन्दीको मानसिकताको लागि आलोचनालाई आकर्षित गर्यो। इजरायलसँगको १२ दिने युद्धपछि फरक अर्थ लगायो। इरानीहरूले इस्लामिक गणतन्त्रविरुद्ध विद्रोह गर्न इजरायलको आह्वानलाई अस्वीकार गरे।
तर झण्डाको प्रभाव वरिपरिको जुलुस धेरै समय टिकेन।
देशको अर्थतन्त्रमा नाकाबन्दीले ठूलो असर पारेको थियो। डिसेम्बरको अन्त्यतिर मुद्रा पतनको विरोधमा भएको प्रदर्शनले खामेनीको शासनको अन्त्यको लागि आह्वान गर्दै राष्ट्रव्यापी उथलपुथलमा परिणत भयो। यसले दशकौँमा सबैभन्दा क्रूर दमन निम्त्यायो। इरानी अधिकारीहरूले तीन हजारभन्दा बढी मानिसहरू मारिएको बताएका छन्। तर अमेरिकामा आधारित मानव अधिकार समूहले त्यो संख्या सात हजारभन्दा बढी रहेको बताएको छ। ट्रम्पले ३२ हजारभन्दा धेरै मारिएको दाबी गरेका छन्।
उथलपुथल पछि, देश चौबाटोमा थियो। अघिल्ला चरणका विरोध प्रदर्शनहरूमा राज्यले केही अनुदान वितरण गर्न वा सामाजिक प्रतिबन्धहरू खुकुलो पार्न सक्षम भए पनि, यस पटक प्रदर्शनहरू निम्त्याउने अन्तर्निहित आर्थिक गुनासोहरूलाई सम्बोधन गर्न थोरै विकल्पहरू थिए। इरानले प्रतिबन्ध राहत जित्न र अर्थतन्त्रलाई ठीक गर्न कडा सम्झौता गर्नु आवश्यक थियो - वा थप उथलपुथलको सामना गर्नुपरेको विज्ञहरूले बताएका छन्।
यसले गर्दा प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक गतिविधिहरू सीमित गर्न अमेरिका र इरानबिच नयाँ चरणको वार्ता सुरु भयो। ‘प्रगति’ को बयानका बाबजुद ओमानको मध्यस्तामा संयुक्त अरब इमिरेट्स र जेनेभामा धेरै चरणको वार्ता भए पनि कुनै सफलतामा पुग्न सकेन। अमेरिकाले इरानले आफ्नो आणविक पूर्वाधार पूर्ण रूपमा ध्वस्त पार्न, ब्यालिस्टिक क्षेप्यास्त्रहरूको हतियार सीमित गर्न र क्षेत्रीय सहयोगीहरूलाई समर्थन गर्न बन्द गर्न चाहेको बताएको छ। तेहरानले नागरिक प्रयोगको लागि युरेनियमको संवर्धनमा सीमितताहरू छलफल गर्ने बारेमा लचिलोपन देखाएको छ, तर यसले अहिलेसम्म क्षेप्यास्त्र र प्रोक्सीहरूलाई गैर-वार्तायोग्य रूपमा व्यवहार गरेको छ।
यसैबिच, अमेरिकाले सन् २००३ मा इराकमा आक्रमण गरेपछि यस क्षेत्रमा आफ्नो सबैभन्दा ठूलो सैन्य हतियार जम्मा गर्यो।
शनिबार ट्रम्पले अमेरिकाले इरानमा ‘ठूलो लडाई अभियान’ सुरु गरेको घोषणा गर्दै शासन परिवर्तन गर्न खोजिरहेको स्पष्ट पारेका थिए।
‘तपाईंहरूको स्वतन्त्रताको समय नजिकिँदै छ,’ ट्रम्पले शनिबार बिहानको आफ्नो सम्बोधनको अन्त्यमा इरानी जनतालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीले काम सकिसकेपछि, आफ्नो सरकार सम्हाल्नुहोस्। यो तपाईंहरूले लिनु हुनेछ। यो सम्भवतः पुस्ताहरूका लागि तपाईंको एक मात्र मौका हुनेछ।’
उनले आफू कुनै पनि अघिल्ला अमेरिकी राष्ट्रपतिले नगरेको काम ‘गर्न इच्छुक’ भएको भनेका थिए। उनले भनेका थिए, ‘त्यसो भए हेरौं तपाईं कस्तो प्रतिक्रिया दिनुहुन्छ’। अलजजीराबाट
प्रकाशित: १७ फाल्गुन २०८२ १०:५८ आइतबार





