२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले समुन्द्र हो, सबै मिसिन आउँछन्: ओली

अनेरास्ववियुको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समुन्द्र भएकाले सबै  पार्टीका कार्यकर्ता  एकदिन यहि पार्टीमा मिसिन आउने दाबी गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रदेश स्तरीय पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा सबै जनता एकीकृत हुने दाबी गरेका हुन्।  

ओलीले जसरी समुन्द्रमा सबै खोलानाला एकीकृत हुन पुग्छन्, त्यसैगरी सबै पार्टीका कार्यकर्ता नेकपा एमालेमै एकीकृत हुन आइपुग्ने बताए। उनले भने, ‘एमाले भनेको ‘वे अफ वंगाल’हो। जसरी छरिएका खोलानाला समुन्द्रमा पुग्छन्। त्यसैगरी अन्य पार्टीमा छरिएर रहेका सबै जनता अन्तिममा एमालेमै एकीकृत हुन आइपुग्छन्।’ 

ओलीले हरेक घरमा एमालेका सदस्य बनाउन कार्यकर्तालाई निर्देशन दिए। उनले  काम गर्ने, देशको विकास गर्ने पार्टी एमाले मात्रै भएकाले नयाँ मतदाताहरू, युवा तथा विद्यार्थीहरूले एमालेबाहेक अन्य पार्टीलाई भोट हालेर गल्ती नगर्ने विश्वास व्यक्त गरे। ओलीले भने ‘तपाईहरूको पहिलो भोट अपवित्र गठबन्धनलाई हैन, खान पल्केकाहरूलाई हैन विकास र समृद्धिको स्पष्ट एजेण्डा बोकेको एमालेलाई हुनुपर्छ।’ ओलीले देशै भर एमालेको माहोल बनिरहेको र दैनिक हजारौं कार्यकर्ता विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरिरहेका कारण मंसिर ४ गते जनताको अदालतले निर्णय गर्ने र त्यो निर्णय एमालेको पक्षमा हुने दाबी गरे।

प्रकाशित: १७ भाद्र २०७९ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App