३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

'अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेका छन्'

फाइल तस्बिर।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले स्वर्गीय प्रदीप गिरीलाई अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेको भन्दै स्मरण गरेका छन्।

बुधबार स्वर्गीय गिरीको स्मृति सभामा बोल्दै पूर्वसभामुख ढुङ्गानाले गिरीको भौतिक शरीर नभए पनि विचार छोडेर गएको भन्दै सम्झिए। उनले गिरीले स्वतन्त्रताको लागि निरन्तर लडेको बताए। उनले आफ्नो स्वतन्त्रता सरकार, पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताए। प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताए।

त्यस्तै मानव अधिकारवादी कपिल श्रेष्ठले प्रदीप गिरीको मृत्युले बौद्धिक, सौदान्तिक र राजनीतिक चिन्तलशील जगतले शुन्यता महशुस गरेको बताए। उनले नेपालमा बौद्धिक चिन्तन गर्ने मानिसहरुको सधैँ खडेरी रहेको बताए। श्रेष्ठले गिरी अरु राजनीतियज्ञ भन्दा फरक जीवन शैलीमा रमाउने नेता भएको बताए।

त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले गिरीलाई २०४६ सालतिर एक थरी काँग्रेसले काँग्रेस भनेर नै मान्ने नगरेको स्मरण गरे। उनले गिरी लेलिनलाई मन पराउने मान्छे भएको बताए। उनले स्व. गिरी नयाँ नेता भन्दा फरक व्यवहार र शैलीको नेता रहेको बताए।

प्रकाशित: १५ भाद्र २०७९ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App