२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङमा उम्मेदवार बन्न आकांक्षीको लर्को,भट्टराई सहित ५ जनाको दाबेदारी

आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचन लड्न नेकपा एमालेबाट केन्द्रीय सचिव योगेशकुमार भट्टराई सहित ५ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्यद्धय पासाङ शेर्पा र टंक आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदीले दावेदारी प्रस्तुत गरेका हुन्।  

एमाले सचिव भट्टराई प्रतिनिधिसभाका सांसद हुन्। मेन्याङ्वो २०५६ सालमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। शेर्पा पहिलो संविधानसभामा मन्त्रिपरिषद्द्धारा मनोनित भएका थिए भने आङ्बुहाङ २०७४ सालको निर्वाचनमार्फत ताप्लेजुङको प्रदेशसभा १(ख)बाट प्रदेश सांसद निर्वाचित भएका थिए। आङ्बुहाङ २०६३ सालमा अन्तरिम बिधायक समेत भएका थिए। तत्कालीन माओवादीका नेता आङ्बुहाङ अहिले एमालेमा छन्। उनी करिब ६ महिना प्रदेश १ सरकारको आर्थिक मामिला मन्त्री समेत भएका थिए। प्रदेशसभातर्फ सोमवार दावेदारी प्रस्तुत गरेका कसैले पनि दावी नछाड्ने भएपछि दावेदार सबैको नामावली केन्द्रमा पठाउने एमालेको आन्तरिक तयारी रहेको छ। सहमतिको अधिकतम् प्रयास जारी रहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे,पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा,लक्ष्मीबहादुर यक्सो,शिवकुमार गुरुङ,तारा नेपाली र मिरा नेपालीको दावेदारी देखिएको छ। प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ प्रदेश सांसद बलबहादुर साम्सोहाङ सहित सन्तोष खतिवडा,महेशकुमार गुरागाँई,देउमान बिष्ट,कुमार मादेन,भरतकुमार गुरुङ,हेमन्तकुमार उप्रेती,सुनिता थापा,नर्वदादेवी भण्डारी,गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभाको १(ख)तर्फ भने प्रदेश सांसद होमकुमारी साँवा सहित गोपाल थोप्रा,मणिशंकर पोमू,त्रिबेणी चोङ्वाङ र चित्रगुुप्त साँवाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभाको १ ‘क’ र १ ‘ख’ को समानुपातिकतर्फ १८ जनाको दाबी देखिएको छ।  

जस अनुसार आदिवासी जनजाति महिलातर्फ निर्मला इजम,खुल्ला महिलातर्फ टीकादेवी सुबेदी र टीकादेवी दाहाल,दलित पुरुषतर्फ बुद्धिमान परियार,छत्र बिक र हरिलाल ठकुरी सुनाम,खुल्ला महिलातर्फ कोपिला नेपाली,आदिवासी जनजातितर्फ संविधानसभा सदस्य सञ्चपाल मादेन,सूर्यबहादुुर आङबुहाङ,मंगलसिंह केदेम र हिमालयबिक्रम चाम्लिङ,दलित तथा अल्पसंख्यकतर्फ गणेश कार्कीढोली,खस आर्यतर्फ राजेश प्याकुरेल र धर्मराज घिमिरे तथा खुल्लातर्फ बीरबहादुुर मावोहाङ,राधाकृष्ण पौडेल,इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको दावेदारी देखिएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App