११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

फाइल तस्बिर।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन नगर्ने बताएका छन्।

मंगलबार नयाँ वानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने  स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए। स्थानीय आवश्यकताको आधारमा एमालेले वि.सं. २०४८ सालदेखि तालमेल गर्दै आएको उनले बताए। उनले २०४८ सालमा नेपाली काँग्रेससँग समेत तालमेल गर्न खुला गरेको तर काँग्रेसले जहाँ निर्वाचन लडेपनि जित्ने जवाफ पाएको स्मरण गरे।  

उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयान अहिलेको सत्तागठबन्धनको घिन लाग्दो नौटङ्कीको नयाँ च्यापटर प्रदर्शन भएको टिप्पणी गरे। पोखरेलले  प्रधानन्यायाधीशको विषयमा महाअभियोगका विषयमा बहुमतको आडमा ६ महिनापछि झारो टार्ने काम गरिरहेको दाबी गरे। उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको एउटा महत्वपूर्ण अपराध भएको पनि बताए।

प्रकाशित: २१ भाद्र २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App