२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले बाजुराले आज उम्मेदवार छान्दै, सर्वसम्मतको सम्भावना न्यून

मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। संघ र प्रदेश सभाका लागि उम्मेदवारी छनोट गर्न नेताहरु जिल्ला केन्द्रीत बनेका हुन्। एमालेका पाँचै जिल्ला केन्द्रीय सदस्य अन्य जिल्ला तहका शिर्ष नेताहरु बाजुरा आइसकेका छन्।

नेकपा एमाले बाजुराले उम्मेदवार सिफारिसका लागि भदौ २० गते जिल्ला कमिटीको बैठक बोलाएको छ। विहान प्रदेश निर्वाचन क्षेत्र कमिटीको बैठक बसेर दिउँसो जिल्ला कमिटीको बैठक बस्ने कार्यालय सचिव काशी विकले बताएका छन्।

बैठकमा सहभागि हुन एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, सहदेव बोगटी र दयालबहादुर शाही बाजुरा आइसकेका छन्। यस्तै एमाले नेताहरु बसुन्धरा रोकाया, बल्देव रेग्मी, लालबहादुर ओली, मिनबहादुर विष्ट, रंगमान शाही, लगायतका नेताहरु पनि बाजुरा आइसकेका छन्।  

प्रदेश कमिटी, जिल्ला कमिटी र अन्य जनवर्गिय संघ संगठनका नेताहरु पनि बाजुरा केन्द्रीत बनेका छन्। एमाले भित्र पनि संघ र प्रदेशको उम्मेदवार छनोटमा सकस पर्ने देखिएको छ। अहिलेसम्म कुनै पदमा पनि एकल उम्मेदवार रहने अवस्था नरहेको नेताहरुले बताएका छन्।

जिल्ला तहबाट आकाक्षा राख्ने सबै नेताहरुको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने गरि छलफल अघि बढेको पार्टी सचिव भरत थापाले बताएका छन्। सकेसम्म सहमतिका लागि प्रयास रहन्छ, उहाँहरु आफैले पनि एक अर्का बीच छलफल र समझदारी गर्नु हुन्छ, अन्तिममा सहमति नजुटेको अवस्थामा प्रदेश र केन्द्रलाई सिफारिस गरिने सचिव थापाले बताए।  

एमालेमा प्रतिनिधी सभाका लागि कर्णबहादुर थापा र लालबहादुर थापा आकांक्षी देखिएका छन् भने प्रदेशका लागि सहदेव बोगटी, बल्देव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाहीको सिफारिस गरिएको छ। प्रदेश ख मा प्रकाश शाह, लालबहादुर ओली, मिनबहादुर विष्ट, भरत बुढा लगायतले आकांक्षा राखेका छन्।

एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही, बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, काशी विक, सृष्टी रेग्मी, मन्देवी ओली, राजबहादुर गिरी, लालबहादुर खड्का लगायतले समानुपातिकतर्फ आकाक्षा देखाएका छन्। चर्चामा रहेका नामहरु मध्येबाटै पार्टी जिल्ला कमिटीले आकांक्षाका आधारमा प्रदेश र केन्द्रीय कमिटीलाई सिफारिस गर्ने बताइएको छ।  

एमाले भित्रका सुदूरपश्चिममै शिर्ष नेताहरुको जिल्ला भएकोले बाजुरालाई सर्वसम्मतका लागि दबाब परेको छ। १६ निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले ६ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत गरेको छ। बाजुरा एमालेका प्रदेशका सहइन्चार्ज कर्णबहादुर थापाको जिल्ला हो।  

थापालाई स्वय सर्वसम्मत गरि पठाउन दबाब परेको छ। हालसम्म भीमबहादुर रावल, लेखराज भट्ट, गणेश ठगुन्ना, नारादमुनी राना, दामोदर भण्डारी र यज्ञ बोगटी सर्वसम्मत छानिएका छन्।  

प्रकाशित: २० भाद्र २०७९ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App