२५ पुस २०८१ बिहीबार
image/svg+xml

कार्यकर्ता विचलित हुनबाट रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा

पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्पा पुगेका हुन्।

प्रधानमन्त्री भए ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्छु: काँग्रेस नेता कल्याण गुरुङ

उनले आफूले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी समेत गरे।

एमाले विभाजनको असर: बाँकेमा तीन जना केन्द्रीय सदस्य माधव समूहमा, तीन सांसद ओलीतिर

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले(समाजवादी) दर्ता गरेको माधवकुमार नेपाल समूहमा बाँकेबाट प्रतिनिधित्व गर्ने तीन जना केन्द्रिय सदस्य गएका छन्।

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ।

काँग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाली काँग्रेसका नेता श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सिन्धुली काँग्रेसले माग गरेको छ।

‘कसैको घरायसी सल्लाह र छलकपटबाट देश चल्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको कार्यप्रति आपत्ती प्रकट गर्दै पूर्वमन्त्री बडूले सर्वोच्च अदालतले न्याय गर्ने विश्वास समेत व्यक्त गरे।

कपिलवस्तुका लागि बजेट छुट्याउन माग

‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै छ, मृत्युदर बढेको छ, अक्सिजनको अभाव छ, बिरामीहरु बेड र उपचार नपाएर छटपटाइ रहेका छन्’ केन्द्रीय सदस्य कमालले भने, ‘यस्तो विषम परिस्थितिमा समेत कपिलवस्तुलाईृ कुनै वास्ता गरेको छैन।’

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

'मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन'

दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए।

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्।

‘ओली र माओवादीबीच साँठगाँठको आशंका छ’

‘सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम रोकिँदैन,’ डा. कोइरालाले भने, ‘उपभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ।

‘जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफू पक्षीय समूहको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रमुख सचेतक देव गुरुङलाई पहिले आफैंले राखेर पछि हटाएको उदाहरण दिए।

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

ओली समुहका केन्द्रीय सदस्य गुरुङद्वारा पद अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक नेताले पद अस्वीकार गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्