coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भए ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्छु: काँग्रेस नेता कल्याण गुरुङ

कल्याण गुरुङद्वारा सभापतिको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आफू प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको बताएका छन्। उनले बुधबार  काँग्रेस सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै साे कुरा बताएका हुन्। 

उनले आफूले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी समेत गरे। 

गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्। २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए।

प्रकाशित: १६ भाद्र २०७८ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App