प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक नेताले पद अस्वीकार गरेका छन् । माछापुच्छ«े गाउँपालिका निवासी दलबहादुर गुरुङले ओली पक्षको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।
गुरुङले विहीबार एक प्रेस विज्ञप्ती जारी गरेर आफु सँधै पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । ‘मलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिन्छु,’ उनले अगाडि भनेका छन् ‘यद्दपी नेकपामा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ । म सधै विधि र विधानसम्मत सञ्चालित एकताबद्ध कम्युनिष्ट पार्टीको पक्षमा छु । त्यसैले केन्द्रीय सदस्य पद अस्वीकार गर्दछु ।’ ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेका गुरुङ नेकपा कास्की सचिवालय सदस्य हुन् ।
प्रकाशित: ९ पुस २०७७ ०७:३९ बिहीबार